काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।
रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । बैशाख १० गते हुने उपनिर्वाचनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्न उमेदवारले पत्रकार सम्मेलन गर्न लागेका हुन् । यसअघि वाग्ले नेपाली कांग्रेसमा सक्रिय थिए भने खरेलले नेपाल आमा नामक आप्mनै पार्टी सञ्चालन गरिहेका थिए ।
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।







