Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजदेखि नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद काठमाडौँमा

Monday, March 27, 2023
आजदेखि नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद काठमाडौँमा
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्याण्ड फोर्स टक) हुँदैछ।

काठमाडौँमा हुने दुईदेशका उच्च सैन्य अधिकारी सम्मिलित ल्याण्ड फोर्स टक शान्तिस्थापना, सैन्य सहयोग आदानप्रदान, विपत्त व्यवस्थापन, नेपाली सेनाका लागि आवश्यक सामग्री सहयोग लगायतमा केन्द्रित हुने भएको छ।

पहिलो पटक काठमाडौंमा भएको यो संवाद अघिल्लो वर्ष अमेरिकाको हवाइमा भएको थियो। अघिल्लो वर्ष हवाइमा भएको बैठकमा अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागीताबारे नेपालको धारणा मागेको थियो। नेपालमा विरोध भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय लिएको थियो।

Order Cake Order Cake Order Cake

अमेरिकाले नेपाली सेनाको सहयोगका लागि एसपीपी योजनालाई अगाडि सारेको थियो। तर, नेपालको अस्वीकारलाई सम्मान गरेको भन्दै अमेरिकाले सैन्य सहयोग यथावत् राख्ने निर्णय गरेको थियो। रुससँग एमआई–१७ हेलिकप्टर किन्ने तयारी रहँदा अमेरिकाले बेल हेलिकप्टर दिने प्रस्ताव गर्दै आएको छ भने नेपालले दुईवटा स्काइ ट्रकको प्रस्ताव पेश गरेको छ।

यसैबीच अमेरिकाले दुई वटा एम २८ ब्लक जिरो फाइभ स्काइ ट्रक उपलब्ध गराउने तयारी गरेको छ। तर, यसपटकको संवादमा दुई देशबीचको सैन्य सहकार्यलाई अझ विशेष बनाउनुपर्ने दुबै देशले जोड दिएका छन्

सेनाले सम्बन्धित सम्पूर्ण निकायहरुसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरुका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी  हुनेछ।

अमेरिकी सेनाको प्यासिफीक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ जनाको टोली सहभागी हुनेछ भने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन्।

Comments
Share
37
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki