Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आर्थिक सङ्कट समाधानका लागि हामी सबै एकै ठाउँमा उभिनुकाे विकल्प छैन : शेखर काेइराला

Sunday, March 26, 2023
आर्थिक सङ्कट समाधानका लागि हामी सबै एकै ठाउँमा उभिनुकाे विकल्प छैन : शेखर काेइराला
4.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद काेइरालाले देशकाे अर्थतन्त्रलाई सबल बनाउन र नागरिककाे अपेक्षाअनुसार काम गर्न संसद्, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको अर्थतन्त्रमा देखिएका सङ्कट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिकरूपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिनुभयो ।

कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरूसँग देशको आर्थिक सङ्कटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरु प्रतिबद्ध हुनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामी ढिलो नगरि जनअपेक्षाअनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिककाे चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन । हाम्रा आफ्नै विगतका कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ । सम्मानित संसद्समक्ष म मेरो विचारहरू राखिरहँदा मेरो आँखा अगाडि गएकाे चुनावमा लामवद्ध भएर भोट हालिरहेका सधैँ मलको अभाव भाेगिरहेका पीडित किसानहरूको अनुहार अगाडि आउँछ । लाखौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मलेसिया र खाडीका तातो भूमिहरूमा गएका दृश्यहरू नाच्दछ । यिनीहरूलाई केन्द्रमा राखेर हामीले अर्थ राजनीतिको नयाँ पैया कहिलेदेखि सुरु गर्ने हो ? आजको मूल प्रश्न यही हो भन्ने मलाई लाग्दछ । गएकाे केही महिनादेखि देशका अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी, उत्पादनका क्षेत्रमा लागेका साना, ठूला अनेक समूहसँग अन्तरक्रिया गर्ने मौका पाए । छलफलका क्रममा उहाँहरूका समस्याका बारेमा भरमग्दुर बुझ्ने प्रयास गरेँ । सबै राजनीतिक दल र सरकार मेरो विनम्र अनुरोध छ– देशको सबल अर्थतन्त्रका लागि समय–समयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरूले बुझाएका प्रतिवेदनलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरू कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अगाडि बढौँ ।’

Order Cake Order Cake Order Cake

सांसद कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले त्यहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराउनुभयो ।

Comments
Share
104
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki