काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा एकल उम्मेदवारी दिने निर्णय गरेको हो ।
उपनिर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार छनौटका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ । आगामी वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।
‘बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।







