Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मन्त्रिपरिषद्लाई पूर्णता र राजनीतिक नियुक्तिमा प्याकेजमै सहमति गरेर अघि बढ्ने सरकारकाे तयारी

Thursday, March 23, 2023
मन्त्रिपरिषद्लाई पूर्णता र राजनीतिक नियुक्तिमा  प्याकेजमै सहमति गरेर अघि बढ्ने सरकारकाे तयारी
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता दिनेदेखि राजनीतिक नियुक्तिमा भागबन्डा गर्नेसम्मका विषयमा प्याकेजमै सहमति गरेर अघि बढ्ने तयारी गरेका छन् ।

सरकारलाई पूर्णता दिन पहिले मापदण्ड बनाउने, त्यसपछि केन्द्रको मन्त्रिपरिषद्लाई पूर्णता दिने, प्रदेश सरकार हेरफेर गर्ने र राजनीतिक नियुक्तिमा पनि भागबन्डा गर्नेगरी प्याकेजमै सहमति गरेर अघि बढ्नेगरी गठबन्धन आबद्ध चार दलबीचमा सहमति भएको हो । गठबन्धनमा आबद्ध १० दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार छलफलमा बसेका थिए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुषालले बैठकमा केन्द्र सरकार, प्रदेश सरकार, राजनीतिक नियुक्तिसहितका विषयमा प्याकेजमै अघि बढ्ने र सोहीनुसार मापदण्ड बनाउने सहमति भएको बताए । ‘सरकार विस्तारसहितका विषयमा बल्ल प्रारम्भिक छलफल सुरु भयो, बैठकमा केन्द्र सरकार विस्तार, प्रदेश सरकार हेरफेर, राजनीतिक नियुक्ति सबै विषयमा प्याकेजमै सहमति गरेर अघि बढ्ने भन्ने कुरा भएको छ, सरकारको नीति तथा कार्यक्रममा पनि परिमार्जन गरेर जाने विषयमा छलफल भएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले  भने ।

Order Cake Order Cake Order Cake

कांग्रेस नेता रमेश लेखकले सरकार विस्तारबारे प्रारम्भिक छलफल सुरु भएको र छिट्टै सरकारले पूर्णता पाउने बताए । ‘सरकार विस्तारबारे प्रारम्भिक छलफलमा प्रवेश गरेका छौं, छिट्टै सरकारले पूर्णता पाउँछ, सरकार विस्तारसहितका विषयमा मापदण्ड बनाएर जाने विषयमा छलफल अघि बढेको छ,’ कांग्रेस नेता लेखकले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद संख्याका आधारमा मन्त्री बाँडफाँट गर्नेगरी मोडालिटी बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको सो प्रस्तावमा कांग्रेससहितका सबै दल सहमत देखिएका छन् । संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय हुने व्यवस्था छ । हाल सरकारमा प्रधानमन्त्री, १ उपप्रधानसहित ५ फुल मन्त्री र एक राज्यमन्त्रीसहित ७ जना छन् । अब संविधानअनुसार प्रधानमन्त्रीले १८ जना मन्त्री सरकारमा थप राख्न पाउँछन् ।

हालको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी, नेपाल समाजवादी पार्टी छन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने सम्भावना प्रवल छ ।

कांग्रेसले मन्त्रिपरिषद् विस्तार हुँदा ९ मन्त्रालयमा दाबी राखेको छ । कांग्रेसले गृह वा अर्थ मन्त्रालयमा मुख्य जोडबल गरिरहेको छ । यसैगरी, माओवादी केन्द्रले हाल लिइरहेको मन्त्रालयमा केही हेरफेर गर्नेगरी अध्यक्षसमेत रहेका प्रचण्डले तयारी गरिरहेका छन् । माओवादी केन्द्रले हाल लिएको भौतिक मन्त्रालय छाडेर गृह लिने तयारी गरेको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले चार मन्त्रालयमा दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयको दाबी गरिरहेको छ । यसैगरी, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, लोसपाले २ मन्त्रालयको दाबी गरिरहेको छ ।

यस्तै, प्रभु शाह अध्यक्ष रहेको आमजनता पार्टीका तर्फबाट शाह आफैं मन्त्री बन्नुपर्ने भन्दै लबिइङमा छन् । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल समाजवादी पार्टीले पनि १ मन्त्रालयको माग गरिरहेको छ । रास्वपा पनि सरकारमा जाँदा उपप्रधानसहित ४ मन्त्रालयमा दाबी गरिरहेको स्रोत बताउँछ ।

बुधबारको गठबन्धन बैठकमा भने प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

Comments
Share
21
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki