काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन तत्कालको लागि कायम राख्ने भएको छ।
सोमबार बसेको रास्वपाको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै निर्णय गर्न सकेन। नेकपा एमाले र ८ दलीय गठबन्धनबाट मत मागिएकाले अहिले निर्णय नगरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।
Comments
Share







