काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
साथै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको पनि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले बैठकले गत पौष १० गते राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाहसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुनेगरी समर्थन गरेपनि राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक परिस्थितिमा हठात परिवर्तन हुँदा विद्यमान अवस्थामा राप्रपा सरकारमा रहीरहनु उपयुक्त नहुने ठहरसहित सरकारबाट बाहिरिएको बताए ।
पार्टीले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिनुका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।







