काठमाडौँ- नेकपा एमालेको तर्फबाट नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उमेदवार बन्ने भएका छन् । अनेकौ राजनैतिक उतार चढावकाबिच सुवास नेम्वाङ र रामचन्द्र पौडेल एक आपसमा भावी राष्ट्रपतिकोलागि भिड्ने निश्चय भएको छ ।
नेकपा एमालेको सचिवालय बैठकले भर्खरै नेम्वाङलाई राष्ट्रपति उमेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल वरीयतामा पनि वरिष्ठ रहेको भन्दै राष्ट्रपतिको उमेदवार बनाइएको बताएका छन् ।
कार्यसम्पादन समितिको बैठकमा सभापतिको प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले सुनाएका थिए । त्यसपछि धारणा राख्दै सभापति देउवाले भनेका थिए, “उहाँ सिनियर मान्छे हो, वरिष्ठ नेता हो त्यसैले उहाँलाई नै राष्ट्रपति बनाऔँ भनेको हो । सिटौलाजीलगायतका नेताहरु पनि आकांक्षी हुनुहुन्थ्यो तर अहिले रामचन्द्रजीलाई नै बनाऔँ । केही पाइन भन्नुहुन्छ, बाहिर पनि त्यस्तै चर्चा छ ।” बैठकमा पौडेलले आफूलाई पार्टीले न्याय गरेको बताएका थिए ।







