Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

८ दलका शीर्ष नेताको निर्णय, राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने, सरकार गठनका लागि बनेको गठबन्धन भत्कियाे

Friday, February 24, 2023
८ दलका शीर्ष नेताको निर्णय, राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने, सरकार गठनका लागि बनेको  गठबन्धन भत्कियाे
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पुस १० गते सरकार गठनका लागि बनेको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले  नयाँ गठबन्धन बनेको बताउँदै यही गठबन्धनले समृद्धि हासिल गर्ने काममा लाग्ने बताएका छन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले  संसद्को सबैभन्दा ठूलो राजनीतिक दललाई नै राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरेका थिए । अन्य सहभागी दलहरुले उनके प्रस्तावमा सहमती जनाएका थिए । सबै पार्टीले नेपाली कांग्रेसको उमेदवारलाई राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने आजको बैठकले टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

Order Cake Order Cake Order Cake

राष्ट्रपतिकाे उमेदवार कांग्रेसले नै चयन गर्नेछ । कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शनिवार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् । राष्ट्रपतिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि दाबी थियो । नेपालसँग प्रधानमन्त्री प्रचण्डले गरेको गोप्य छलफलपछि कांग्रेसलाई दिन तयार भएको एक नेताले जानकारी दिए ।

लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले यो गठबन्धन बनेपछि एमाले बाहिरिने संकेत बैठकमा गरेका थिए । ओलीसँगको छलफलपछि प्रधानमन्त्रीले यस्तो ब्रिफिङ गरेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँगको भेटमा तीतो पोखेर गएको बताएका थिए । बर्तमान राजनैतिक घटनाक्रममा यो आजको बैठकले नयाँ मोड लिएको प्रचण्डको भनाई छ ।

उनले आठ राजनीतिक दलका नेताको बैठकमा ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए । “एमाले अध्यक्ष ओलीले मसँगको भेटमा तीतो पोखेर गए,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले अब नयाँ गठबन्धन बनेको र सरकार गठनका बेला बनेको गठबन्धन टुटेको ब्रिफिङ गरेका थिए ।

Comments
Share
25
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki