Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विश्वकप लिग-२ : कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित

Tuesday, February 14, 2023
विश्वकप लिग-२ : कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित
4.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेपछि नेपालले विश्वकप लिग-२ मा नामिबियामाथि २ विकेटको रबाफिलो विजय हात पारेको छ । भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो ।

र्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १ सय १३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । भुर्तेलले कप्तान रोहित पौडेलसँग जोडेको १ सय २४ रनको ठोस साझेदारी नेपालको विजयको आधार बन्यो । नेपालले लिग-२ मा नामिबियालाई पराजित गरेको पहिलो पटक हो ।

यस विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग-२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नु पर्नेछ । नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

Order Cake Order Cake Order Cake

दोस्रो ओभरमै आसिफ शेख शून्यमा बोल्ड भए पनि नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो । ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाए । रोहितले कप्तानी इनिङ्स खेले । उनले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ७२ रन बनाए । कुशल मल्ल ६, दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए ।

भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरे । ४ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलिरहेका जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन बनाए । करण १२ बलमा २० रन बनाई अविजित रहे । सन्दीप लामिछाने पहिलो बलमै आउट भए । सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए ।

यसअघि माइकल भान लिङगेनको सानदार सतकमा टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २ सय ८५ रनमा अलआउट भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिङगेनले १ सय ३३ रन बनाए । लिङगेनले लगातार दोस्रो शतक बनाएका हुन् । डिसेम्बरमा उनले नेपालविरुद्ध नामिबियाको विन्डहोकमा १ सय २१ रन बनाएका थिए । उनले १ सय ३७ बलको इनिङ्समा ९ चौका र ५ छक्का प्रहार गरे ।

लिङगेनलाई करण केसीको बलमा दीपेन्द्रले मिडविकेटमा क्याच लिए । उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो भने नामिबियाली ब्याटरको दोस्रो उच्च स्कोर हो । जिन पिइरे कोएट्जेले २०१९ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध १ सय ३६ रन बनाएका थिए ।

लिङगेनले कप्तान गेर्हार्ड इरास्मससँग तेस्रो विकेटमा १ सय २४ रनको ठोस साझेदारी गरे । आईसीसी एसोसिएट वर्ष खेलाडी इरास्मसको २१ रनमा रोहितले क्याच छाड्नु नेपालका महँगो पर्‍यो । इरास्मसले ७९ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

लो हेन्ड्रे लवरेन्स नामिबियाबाट आउट हुने पहिलो खेलाडी थिए । उनलाई तेस्रो ओभरमा सोमपाल कामीले ५ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले अर्का ओपनर कार्ल बिर्केनस्टकलाई १३ रनमा बोल्ड गरे । त्यसपछि लिङगेन र इरस्मसको जोडि जमेको थियो ।

करण केसीको पहिलो शिकार जेएन लोफ्टी इटन थिए । इटन ८ रन बनाई ज्ञानेन्द्र मल्लबाट सानदार क्याच भए । जान फ्रालिन्कलाई करणले १३ रनमा बोल्ड गरे । पिकी या फ्रान्सले २ रनमात्र बनाए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरि ३४ रन बनाए । नेपालबाट करणले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर ५ र सन्दीपले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए ।

Comments
Share
107
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki