काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।
यता प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्।







