काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । आज सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन्। उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन्।
शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।
सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन्। नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए।







