काठमाडौँ – पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखत हुनेहरूमा पोखरा १७ का निशान्त आचार्य, पोखरा १७ की २३ वर्षीया संगीता शाही, पोखरा ४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा ४ का ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।
यस्तै, पोखरा १३ का सदाकत अलिमिया, पोखरा १९ की लक्ष्मी पौडेल, पोखरा २६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ ।
यसैगरी पर्वतको कुश्मा १ का १० महिनाका रियान पौडेल, कुश्मा ९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा ९ का अरूण पौडेलको पनि सनाखत भएको छ ।
यसैगरी एकजना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ ।







