काठमाडौँ- काठमाडौँ बाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ दुर्घटनाग्रस्त विमानबाट हालसम्म २५ शव निकालिएको छ। जहाज पोखरामा दुर्घटनामा परेको हो।
हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ । विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
Comments
Share







