Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आजआठौँ राष्ट्रिय योग दिवस मनाइँदै

रासस

Sunday, January 15, 2023
‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आजआठौँ राष्ट्रिय योग दिवस मनाइँदै
1.5k
VIEWS
Website Development Website Development Website Development

 काठमाडौँ – ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

Order Cake Order Cake Order Cake

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

“योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा. पोखरेलले भने ।

आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा. पोखरेल बताउँछन् ।  स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा. पोखरेलले भने ।

योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो । यस अवसरमा भक्तपुरको सानो ठिमीमा मूल कार्यक्रम गर्न लागिएको छ ।

Comments
Share
33
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki