काठमाडौं – मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेको छ ।
प्रचण्ड र ओलीबीच एक्लाएक्लै छलफलपछि आज गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए ।
गठबन्धन दलहरूबीच मन्त्रलाय भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नियुक्त मन्त्रीहरूले जिम्मेवारीसमेत पाउन सकेका छैनन् ।







