काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन्।
संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन्।
‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो, उहाँहरूमा केही गरौँ भन्ने हुटहुटी छ। यो संसदको पुँजी हो, तपाईहरूलाई हृदयदेखि नै स्वागत छ’ उनले भने।







