काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन्। सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक गरेको हो। प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए।
प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिदैँ, सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए ।
यद्यपि नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको महतले बताएका छन् । साथै आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि उनको भनाइ थियो ।
सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए ।
यद्यपि नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको महतले बताएका छन् । साथै आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि उनको भनाइ थियो ।







