काठमाडौं- चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्ट रनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ । काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा पत्रकार सम्मेलन गरी मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।
गायक एवम् संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन् । प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।
इण्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्ट रनरअप तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन् । गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको नृत्य छ । करिब दुर्इ बर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निर्माण गरेका हुन् ।







