काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्।
२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ।
क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो। क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन्।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।







