काठमाडौं – हत्या आरोपमा जन्मकैदको सजाय पाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमन विभागकाे जिम्मा लगाइएको छ।
१९ वर्षपछि थुनामुक्त भएपछि उनलाई काराकारबाट सिधै अध्यागमन विभागमा लगिएको हो।
केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका उनलाई अध्यागमन विभागले डिल्लीबजार कारागार पठाउने भएकाे छ ।
उनी अहिले अध्यागमन विभागमा छन् । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी डिल्लीबजार कारागारमा रहनेछन् ।
उनको पासपोर्टलगायत कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म डिल्लीबजार कारागारमा रहनेछन् ।
तर शोभराजका वकिल गोपाल शिवाकोटी अहिले चार्ल्ससँगै रहेको र ट्राभल डकुमेन्ट मिले आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।







