Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल

Saturday, December 17, 2022
नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल
5k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो ।

चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्नेछ ।

संसद् बैठकमा सहभागी हुनुअघि नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । निर्वाचित भएर आएका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि उनले अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित ज्येष्ठ सांसदको जन्ममिति खुल्ने कागजातसहितको विवरण बुझाउन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ ।

Order Cake Order Cake Order Cake

आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये ज्येष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन सचिवालयले आयोगलाई पत्राचार गरेको हो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार तीन जना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपाका पशुपति शम्शेर जबराको उमेर ८० वर्ष पुगेको आयोगको विवरणमा उल्लेख छ । उमेरका हिसाबले तीन जनामध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । आयोगको विवरण अनुसार महिन्द्र राय यादवको उमेर ८५ वर्ष पुगेको छ । तर, आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाझिएको छ ।

यादवले नागरिकता बनाउँदा आफ्नो उमेर बढाइएको बताउनुभएको छ । यसअघि २०७४ सालको प्रतिनिधि सभामा पनि यादव उपस्थित नभएपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सांसदहरुको पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

आयोगले विवरण पठाएपछि त्यसको परीक्षण गर्ने र शपथ ग्रहणको कार्यक्रम राख्ने संसद् सचिवायलको तयारी छ । राष्ट्रपति कार्यालय र दलहरुसँग समन्वय गरेपछि सांसदहरुको शपथ ग्रहणको मिति तय हुने सचिवालयले जनाएको छ । सांसदहरुले शपथ लिएसँगै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Comments
Share
116
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki