काठमाडौं – नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ले भारतमा भएको कौटिक फिल्म फेस्टिभलमा अर्वाड जितेको छ ।
भारतको ‘कौटिक फिल्म फेस्टिभल’मा ‘ऐना झ्यालको पुतली’ले चारवटा विधामा अवार्ड जितेको हो । निर्देशक सुजित विडारीका अनुसार वेष्ट फिल्मसहितका चार अवार्ड जितेको हो ।
‘कौटिक फिल्म फेस्टिभल’मा वेष्ट फिल्म ‘ऐना झ्यालको पुतली’ घोषित हुँदा वेष्ट एडिटर किरण श्रेष्ठ, वेष्ट एक्टर (फिमेल) कञ्चन चिमोरिया र वेष्ट एक्टर मेलतर्फ दिनेश खत्रीले अवार्ड जितेका हुन् ।
‘ऐना झ्यालको पुतली’ नेपालबाट ओस्कर अवार्डका लागि सिफारिस भइसकेको चलचित्र हो । यो चलचित्रलाई सुजित विडारीले निर्देशन गरेका छन् ।







