काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ।
बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।
‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त
रामप्रसाद भण्डारीले भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ।’
स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्।
Comments
Share







