काठमाडौं – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्।
परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गरेका हुन्।
चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे। चौधरीले २८ हजार ८९१ मत पाइन्।
गत २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रमा उनीहरू प्रतिस्पर्धी नै थिए । त्यतिवेला खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका
थिए। चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरकी थिइन्।
Comments
Share







