काठमाडौं – निर्वाचन आयोगले सुनसरी–४ को विवादित मतदान केन्द्रको मतगणना पुन: गर्न निर्देशन दिएको छ ।
आयोगले सोमबार सुनसरी–४ को मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विवाद भएका केन्द्रको मात्र पुन: मत गणना गर्न निर्देशन दिएको हो ।
मतगणनाका क्रममा विवाद भएपछि शनिबार साँझदेखि मतगणना कार्य स्थगित भएको छ ।
नेपाली कांग्रेसले मतगणनाका क्रममा धाँधली भइरहेको आरोप लगाएको छ ।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियतले २३ हजार ३४१ मत पाएका छन् ।








