दाङ – जिल्लाको क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।
Comments
Share







