काठमाडौं – आज सोमबार एकैदिन तीन वटा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् । माओवादी केन्द्रले सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जनाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पार्टी कार्यालय मीनभवनमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने समय तय गरेको छ भने राप्रपाले थापागाउँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम राखेर साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्दैछ ।







