काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरूमध्ये उनीहरूको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

Comments
Share







