काठमाडौं – अनेरास्ववियू (क्रान्तिकारी)ले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित केन्द्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ । आज आईतबार विज्ञप्ती जारी गर्दै उक्तकुरा जानकारी गराएको छ । अखिल (क्रान्तिकारी) द्वारा गठित निर्वाचन परिचालन समितिले सम्वन्धित क्षेत्रका नेकपा (माओवादी केन्द्र)का पार्टी नेतृत्व, उम्मेदवार र गठबन्धनको परिचालन समिति सँग समन्वय गरी आफ्नो टिमलाई परिचालित गर्नेछन् ।
अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय संयोजक पवन कार्कीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ‘दश वर्षे महान जनयुद्ध र त्यसकै जगमा भएको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त समावेशी र समानुपातिक चरित्र वोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै आर्थिक विकासमा फड्को हानेर समाजवादको आधार तयार गर्नु आजको ज्वलन्त आवश्यकता हो।’
साथै यो महानिर्वाचनमा अनेरास्ववियू (क्रान्तिकारी) का सम्पूर्ण नेता कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी घोषणा गर्दै परिचालन गर्ने निर्णय गरेको प्रवक्ता उपदेश यादवले बताए ।
प्रदेश समिति र जिल्ला समन्वय समितिहरुले समन्वय गरी पालिका र बुथ कमाण्डर चयन गरी निर्बाचन परिचालन समिति तत्काल गठन गर्नेछन् ।
अनेरास्विवियू (क्रान्तिकारी) द्वारा निर्माण गरिएको जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा स्तरीय निर्वाचन परिचालन समितिमा बाह्रहजार पाँचसय एक कमाण्डरहरु रहेका छन् ।








