काठमाडौं- सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया तत्काल अघि नबढाउन धितोपत्र बोर्डलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएको थियो । बोर्डले स्टक एक्सचेन्जसहित स्टक ब्रोकरको लाइसेन्स दिने तयारी गरेको थियो ।
अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वाेच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको छ ।सर्वाेच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलको लागि उपस्थित आदेश जारी गरेको छ ।







