काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ। गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।
भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे २. कात्तिक ४ गते – बुटवल, २ बजे ३. कात्तिक ५ गते – विराटनगर, ११ बजे ४. कात्तिक ५ गते – जनकपुर, २ बजे ५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे ६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे







