काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दल तथा उमेदवारलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन दिएको छ ।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा लाभको पदमा व्यक्तिबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिएर हिँड्ने लगायतका कार्य नगर्न निर्देशन दिएका हुन् ।
राजनीतिक दलहरूले कुनै पनि सर्वजनिक स्थलमा, बिजुलीको पोलहरुमा तथा व्यक्तिको घरमा झण्डा राख्न पनि निषेध गरेको छ ।
राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिएर निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्नेसमेत गरिएको टिप्पणी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।









