Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आयुक्त भण्डारी : राजनीतिक दल र उम्मेदवारहरूले कात्तिक १७ अघिसम्म कोणसभा र आमसभा गर्न पाइँदैन

गरेमा उम्मेदवारी खारेज हुनसक्छ

Monday, October 17, 2022
आयुक्त भण्डारी : राजनीतिक दल र उम्मेदवारहरूले  कात्तिक १७ अघिसम्म कोणसभा र आमसभा गर्न पाइँदैन
4k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । त्यसो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने उनले चेतावनी दिएका छन् ।

निर्वाचन आयुक्त भण्डारीले सोमबार निर्वाचन आचारसंहितामा मतदानको १७ दिनपछि मात्रै दल तथा उम्मेदवारहरूले कोणसभा, आमसभा, सेमिनार गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको बताए ।

‘अहिलेको बेलामा कोणसभा, आमसभा लगायतका गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दलका प्रतिनिधिहरूको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै भनेको कात्तिक १८ बाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’

Order Cake Order Cake Order Cake

उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनले जानकारी दिए । ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको मसिनोसँग छानबिन गरिरहेका छौं । धेरै दर्जन स्पष्टीकरण पनि सोधिरहेका छौं । स्थानीयस्तरमा निर्वाचन अधिकृतहरूले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले घरदैलोसम्म गर्नका लागि आचारसंहिताले छुट दिएको हो । घरदैलो प्रयोजनका लागि पनि सीमा निर्धारण गरेको छ । जे पायो त्यै गरेर घरदैलो गर्न पाइँदैन । त्यसैले आचारसंहिता अध्ययन गरेर उम्मेदवारहरूले त्यसको परिधिमा बसिदिनुस् । कानुनले सजाय नपाउने गरी घरदैलो गरिदिनुस् भनेर आग्रह गर्दछु ।’

निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले कठोर कारबाही गर्ने आयुक्त भण्डारीको चेतावनी छ । ‘निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरिदिनुभयो भने आयोगले कठोरतापूर्वक उहाँहरूलाई कारबाही गर्नुपर्छ । त्यो कारबाहीको विषय कतिसम्म होलाभन्दा मनोनयन पत्र खारेज पनि हुनसक्छ,’ उनले भने, ‘आचारसंहिता कार्यान्वयन गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्दैन बडो निर्मम तरिकाले निर्दयी भएर कारबाही गर्दछ । अहिले घरदैलोसम्म गर्ने कार्यक्रम हो त्योभन्दा बढी प्रचारप्रसार केही पनि गर्न पाउनुहुन्न ।’

निर्वाचन आयोगले आचारसंहिता देखाउँदै अहिले घरदैलो मात्रै गर्न पाउन भनेपनि उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । कोणसभा, आमसभाका कार्यक्रम पनि तीव्र भएका छन् ।

Comments
Share
109
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki