काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मतदाता परिचय र नागरिकता प्रमाण पत्रमा फरक जन्ममिति भएको भन्दै देउवाको उम्मेदवारीविरुद्ध आयोगमा उजुरी परेको थियो ।
देउवाविरुद्ध नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका थिए । उक्त उजुरीका विषयमा छानबिनपछि आयोगले देउवाको मतदाता परिचय पत्र गल्ती प्रिन्ट भएको बताएको छ ।
उक्त विषय प्राविधिक रहेको प्रस्टीकरण दिँदै आयोगले देउवाको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो । मतदाता परिचय पत्रमा भएको जन्म मितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।







