डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी रद्द गर्न उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उमेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको हो ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

Comments
Share







