काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलि (१२ गते)देखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ ।
यद्यपि, बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो ५० देखि १०० रुपैयाँ कम कायम गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडा लगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ ।
कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले असोज (१२ गते) भोलिदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो । ती खसीबोका र च्याङ्ग्रा आज काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइने बताइएको छ ।







