काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकाे लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्नु पूर्व राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतवार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आचारसंहितामा प्रतिबद्धता लिन छलफल गर्न लागिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग आयोगले अन्तर्क्रिया गर्न लागेको हो ।
छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगको भनाइ छ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।







