Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

यातायात व्यवसायीले दशैँका लागि तीन सय सुविधाजनक बस थप्दै

Thursday, September 22, 2022
यातायात व्यवसायीले दशैँका लागि तीन सय सुविधाजनक बस थप्दै
4.2k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् । व्यवसायीले दशैँका लागि एसी सुविधा भएका डिलक्स बस थप्न लागेका हुन् । थपिएका यी बस काठमाण्डौ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् ।

दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर चल्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । विशेषगरी यात्रुको बढी चाप भएका ठाउँमा थपिएका बस चलाउने उहाँले जानकारी दिनुभयो । दशैँमा ओहोरदोहाेर गर्ने यात्रुको चाप धेरै हुन्छ । त्यसकै लागि व्यवसायीले बस थप्न लागेका हुन् । तर, बस थपे पनि यसपालिको दशैँको यात्रा सहज नहुने आशङ्कामा व्यवसायी चिन्तित छन् । मनसुन नसकिएको र पानी पनि परिरहेकाले यात्रा कष्टकर हुने अनुमान छ ।

वर्षाका कारण बिग्रिएका सडक मर्मत भइसकेका छैनन् । त्यसैले सडककै कारण यात्रा असहज हुने सम्भावना छ । सडककै कारण गाडी बिग्रने र समयमा नै फर्किन नसक्ने हुँदा समस्यामा परेको उहाँले बताउनुभयो । अहिले सबैभन्दा धेरै जोखिम पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा छ ।

Order Cake Order Cake Order Cake

सडक फराकिलो र कालोपत्र गर्ने ठेक्कामा लगाएको दुई वर्ष भए पनि अहिलेसम्म सडक चौडा पार्ने काम सकिएको  छैन । धेरैजसो पिच भत्किएको छ । खाल्डाखुल्डी सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदा यात्रा कष्टकर छ ।

व्यवसायीले सडकको अवस्थाबारे सडक विभाग र गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् । सडक विभागले दशैँका लागि सकेसम्म सडक मर्मत गरिसक्ने तयारी भएको जनाएको छ । दशैँका लागि अहिलेसम्म २० हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् ।

गएको १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो । दशैँमा २० लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने अनुमान छ ।

Comments
Share
255
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki