काठमाडौं – ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । कवाडी गोदाममा लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतलमा उपचार भइरहेको छ।
विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ।
अझै आगो नियन्त्रण आइसकेको छैन। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।







