Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अदालतमा रिट दर्ता भएकाले विधेयक प्रमाणीकरण गर्न नमिल्ने कारण देखाउँदै राेकियाे नारिकता विधेयक

Wednesday, September 21, 2022
राष्ट्रपतिद्वारा नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता
4.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणको समय सकिएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएकाले  विधेयक प्रमाणीकरण गर्न नमिल्ने कारण देखाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेकाे राष्ट्रपतिका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएका छन् । मंगलबार राति १२ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित समय सकिएको हो ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले भने नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएकाले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न नमिल्ने तर्क गरेका छन् ।

“सर्वोच्च अदालतमा रिट दर्ता भएपछि अब सारा कुरा त्यहीसँग जोडिन्छ,” डा. यादवले भने, “रिट निवेदनमा नागरिकता विधेयक प्रमाणीकरणमा रोक लगाइएको छ । त्यसको फैसला नआई प्रमाणीकरण गर्न मिल्दैन ।”

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्री र गृह मन्त्रालयलाई विपक्षी बनाएका छन् ।

संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो । तर, जुनकुरा औल्याएर पहिलो पटक विधेयक फिर्ता गरिएको थियो त्यो बिषयमा कुनै परिवर्तन नभएपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता थियो । तर, उनले सर्वोच्च अदालतमा रिट परेको कारण देखाएर विधेयक प्रमाणीकरण नगरेकी हुन् ।

पहिलोपटक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित पुनर्विचारका लागि संसद्मा नै फिर्ता पठाइदिएकी थिइन् । तर, दुवै सदनले राष्ट्रपतिको सन्देशमा कुनै सुनुवाइ नगर्दै विधेयक पुरानै अवस्थामा हुबहु पारित गरेका थिए ।

त्यसपछि राष्ट्रपतिले असन्तुष्टि जनाएकी थिइन् । यसबारे उनले सबै राजनीतिक दलसँग छलफलसमेत गरेकी थिइन् ।

Comments
Order Cake Order Cake Order Cake
Share
82
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki