काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्दै अहिलेको उपलब्धिको रक्षा गर्ने सरकारको दायित्व भएको बताए
शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै देउवाले उक्त कुरा बताएका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेता केपि शर्मा ओलीले सरकारलाई निरन्तर परमादेशी सरकार भन्दै आईरहेको प्रसंग निकाल्दै देउवाले ओलीलाई लक्षित गर्दै भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताहरूले परमादेशको सरकार भन्नुहुन्छ। त्यही परमादेशको कारणले अहिले हाम्रो यहाँ भेट भएको छ। त्यही कारणले सँगै बसेर काम गर्न पाएका छौँ।’
उनले आफ्नो सरकार आएपछि परराष्ट्र सम्बन्धमा सुधार आएको दाबी गरे। निर्वाचन आयोगलाई मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पुर्ण समर्थन रहने प्रतिबद्धता समेत जाहेर गरे।







