Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजबाट प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल सकिँदै

Saturday, September 17, 2022
९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी
5.3k
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि सभाको ११औँ अधिवेशन अन्त्य गर्न हिजो राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुन लागेको हो । विगतको अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभाको कार्यकाल आजसम्म कायम रहनेबारे निर्वाचन आयोगले संसद् सचिवालयलाई राय दिएको छ । तर संसद् सचिवालयले औपचारिक रुपमा यसबारे केही भनेको छैन । प्रमुख प्रतिपक्षी एमालेले भने हिजो नै आफ्ना सांसदहरूको बिदाइ गर्दै चुनावमा खटिन निर्देशन दिएको छ ।

२०७४ सालको मंसिर १० र २१ गते चुनाव भएपछि फागुन २१ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो कार्यकालमा ७५ विधेयक पारित भएको छ भने यसबीचमा ४९ वटा अध्यादेश ल्याइएको छ । २७ विधेयक भने निस्क्रिय भएका छन् । प्रतिनिधि सभाको यो कार्यकालमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको छ भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा सर्वसम्मत पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिएको छ ।

Order Cake Order Cake Order Cake

यो कार्यकालमा प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाए पनि प्रक्रियामै लैजान साढे पाँच महिना लगाउँदा टुङ्गोमा पुग्न सकेको छैन ।  महाअभियोग अब के हुन्छ भन्ने कानुनी अन्योल बाँकी नै छ । यस्तै दोस्रोपटक प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पुगेको नागरिकता विधेयक के हुन्छ भन्ने अर्को अन्योल पनि छ ।

संसद्का दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालयमा विधेयक पुगेको आज ११ दिन भएको छ । राष्ट्रपतिले विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आज राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने र आजसम्म विधेयक प्रमाणीकरण भएन भने नागरिकता विधेयक निष्क्रिय हुने कतिपय कानुनविद्हरुको तर्क छ ।

Comments
Share
324
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki