Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजदेखि खुल्यो रसुवागढी नाका, आउन थाले रोकिएका कन्टेनर

Thursday, September 15, 2022
आजदेखि खुल्यो रसुवागढी नाका, आउन थाले रोकिएका कन्टेनर
5.6k
VIEWS
Website Development Website Development Website Development

रसुवा — चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

रसुवागढी नाकाको नेपालतर्फ ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले  बताए । बिहीबार बिहान ७ वटा चिनियाँ कन्टेनरमा सामान आयात भएको उनले जानकारी दिए । ती कन्टेनरहरु चिनियाँ पक्षले नेपाली भूभागमै ल्याइदिने गरेको छ । केरुङमा रोकिएका कन्टेनर बिहीबार बिहानबाट आउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘चिनियाँ पक्षले चौबिसै घन्टा सामान पठाउन हामी तयार छौं भनेका छन्,’ जैसीले भने ।

Order Cake Order Cake Order Cake

बिहीबार बिहान आयात भएको ७ चिनियाँ कन्टेनरमा रेडिमेड सामानहरु रहेका छन् । नाका बन्द हुँदा दसैं, तिहार र जाडोको लागि आयात गरिएको अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । ‘केरुङमा रोकिएको ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज, दसैं र तिहारका सामान लोड थिए ।’ त्यस्तै नेपाली २ सय ५० कन्टेनर सामान सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए ।

चीनको सिगात्से, केरुङ, न्यालम, ल्हासामै रोकिएका दसैं–तिहार लक्षित सामग्री सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘नाका आइपुगेका कन्टेनरको आवश्यक प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी तथा सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको छ’, उनले भने । दसैंमा चिनियाँ तयारी पोसाकको माग बढी हुने गरेको छ । ती तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । चाडबाडको मुखैमा नाका बन्द भएर आयात रोकिँदा सबैभन्दा बढी व्यवसायीहरु मर्कामा परेका छन् ।

चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यापारीहरुले व्यवसायबाटै हात धुनपर्ने अवस्था आउने हिमालय सिमापार व्यापार संघको निवर्तमान उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए । ‘सामान आयात गर्न व्यापारीको खर्बैं लगानी रहेको छ,’उनले भने, ‘सामान रोकिँदा ब्याज तिर्नै सकिँदैन ।’ चाडबाडको मुखमा समयमा समान रोकिँदा बजारमा सामानको अभाव हुने, महँगी बढ्ने लगायतको समस्या हुने व्यापारी बताउँछन् । तिब्बत अटोनमस रिजन (टार) ले तिब्बत क्षेत्रमा ७ अगस्ट अर्थात् साउन २२ गतेदेखि गरेको लकडाउनलगत्तै उत्तरी तातोपानी र केरुङ नाका एकैपटक ठप्प बनेका थिए । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमजस्ता बोर्डर एरियामा निषेधाज्ञा अझै जारी छ । दिनहुँ पीसीआर चेक भइरहेको छ ।

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३१ महिना भयो । मानिसको आवतजावत पनि बन्द छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो । यसअघि पनि साढे पाँच महिना कोरोना महामारीका कारण नाका ठप्प रहेको थियो ।

Comments
Share
269
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki