काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज पनि उच्चस्तरीय भेटघाटमा व्यस्त हुने भएका छन्।
चार दिने नेपाल भ्रमणका लागि गत सोमबार नेपाल आएका लीले आज राष्ट्रपती विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
अहिेल बिहान उनी भक्तपुर भ्रमणको कार्यक्रममा व्यस्त रहेका छन् ।६७ सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गरी गत सोमबार आएका अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ।







