काठमाडौं- निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नु पर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्नेछ ।

Comments
Share







