काठमाडौं- नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो ।
विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका थिए । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।







