काठमाडाैं – इन्द्रजात्राकाे तेस्राे दिन आज कुमारी, भैरव र गणेशकाे रथ तानिएकाे छ । बसन्तपुरबाट सुरु भएकाे रथयात्रा जैसिदेव, लगन हुँदै पुनः बसन्तपुरमा ल्याएर टुङ्ग्याइनेछ ।
रथयात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडाैं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगाेल, काठमाडाैं महानगरले निम्त्याएका विदेशी पाहुना लगायतले अवलाेकन गरेका छन् ।

Comments
Share







