गोरखा – नेकपा एमाले जिल्ला कमिटी गोरखाले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ गुण्डा नाइकेको रुपमा चिनिएका मिलन गुरुङ चक्रे को नाम सिफारिस गरेको छ। गुरुङलाई गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरिएको हो ।
प्रस्तावित नामावली अनुसार गोरखा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ आर.सी लामिछाने र रामशरण वनेत, समानुपातिकतर्फ टीकानारायण श्रेष्ठ छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ प्रत्यक्षमा कपिल पोखरेल, काजीराम श्रेष्ठ, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, विशाल थापा र सुरेन्द्रबहादुर थापा छन् । उक्त क्षेत्रको समानुपातिकतर्फ काजीराम रोका, नवराज अधिकारी, नानुमाया थापा, पम्फा खत्री छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभामा प्रत्यक्षतर्फ आर.सी लामिछाने, कृष्ण काप्री, तीर्थबहादुर नेपाली, प्रमिला खड्का, र मोहन भट्टराई छन् । समानुपातिकतर्फ जितबहादुर कुमाल, भीम सुनार, मिना बरामु, सुरेशबाबु श्रेष्ठ, सन्तबहादुर नेपाली र सन्तबहादुर गुरुङ छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ ‘गुण्डा नाइके’को रुपमा चिनिएका मिलन गुरुङ (चक्रे) को नाम पनि एमालेले सिफारिस गरेको छ । गुरुङलाई गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरिएको हो । उनीसँगै कोपिला कुमालको पनि नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ‘क’को प्रत्यक्षतर्फ गम्भीर बराकोटी, बसन्तकुमार श्रेष्ठ र राजु रानाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ टीकाराम नेपाली, वुद्धिबहादुर घले, विनोद पन्त, महेन्द्र तिमल्सिना र शान्ति चापागाईँको नाम सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ । उक्त क्षेत्र को ‘ख’प्रदेशसभाको प्रत्यक्षतर्फ कमल दानी र बसन्त गुरुङ तथा समानुपातिकमा नारायणबाबु श्रेष्ठको नाम सिफारिस भएको छ ।







