काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार सम्पन्न वार्ता समिति पनि गठन गरेको छ।
आगामी चुनावमा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकतासमेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन वार्ता समिति गठन भएको हो।
उक्त समिति सदस्यमा गणेश पराजुली, अरनिकोकुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की छन्।
घोषणा पत्र तयारी समिति पनि पुनर्गठन भएको छ।
उक्त समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन, रामकृष्ण भट्टराई सदस्य छन्।
यीमध्ये जलवायुविज्ञ अरनिको ललितपुर ३ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्।








